दफा २४घ
साझेदारी वन उपभोक्ता समूह गठन गर्न सक्ने
: (१) साझेदारी वनको विकास र संरक्षणको लागि उपभोक्ताको तर्फबाट आवश्यक व्यवस्था गर्न एवम् त्यस्तो वनबाट उपभोक्तालाई प्राप्त हुने वन पैदावरको उपयोग गर्न सम्बन्धित उपभोक्ताहरुले साझेदारी वन उपभोक्ता समूह गठन गर्न सक्नेछन् ।
(२) उपदफा (१) बमोजिमको साझेदारी वन उपभोक्ता समूह सम्बन्धमा परिच्छेद–९ बमोजिमको व्यवस्था आवश्यक हेरफेर (मुटाटिस मुटाण्डिस) सहित लागू हुनेछ ।